×

वीरगञ्ज २० साउन । पर्सा क्षेत्र नम्बर ३ का संघीय सांसद हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारले पोखरिया नगरपालिका वडा नम्बर १० स्थित जय बजरंग बलि अखडा अमितिका कुस्ती खेलाडीहरुलाई ट्रैक सूट वितरण गरेका छन्  ।

गत श्रावण १५ गते पोखरिया नगरपालिका वडा नम्बर १० शिववर्वामा १५ सदस्य जय बजरंग बलि अखडा समिति गठन गर्दै रौनियार छिटै अखडा समितिमा रहेका कुस्ती खेलाडीलाई ट्रैक सूट बितरण गर्ने प्रतिबद्धता गरेका थियो ।

प्रतिबद्धता गरेको एक हप्ता नपुग्दै रौनियारले एक कार्यक्रमको आयोजना गरी दर्जन भन्दा बढिका संख्यामा रहेका कुस्ती खेलाडीहरुलाई ट्रैक सूट वितरण गर्नुभएको हो । ट्रैक सूट पाएपछी कुस्ती खेलाडीहरु खुसि भएका छन ।

Back to top