×

वीरगञ्ज, १९ साउन । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी टोल विकास उपभोक्ता समितिले मदिरा पदार्थ बिक्रिवितरणमा रोक लगाउन माग गरेको छ । टोल विकास उपभोक्ता समितिका अध्यक्ष संजय श्रीवास्तवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै मदिराजन्य पदार्थको बिक्रि वितरणमा रोक लगाउन माग गरेको हो । 

बुधवार राति सोही टोलमा मदिरा सेवन गरेर ग्याङ् फाइट भएको भिडियो यात्रा डेलीले सार्वजनिक गरेसँगै समितिले मदिराजन्य पदार्थको विक्रि वितरणमा रोक लगाउन माग गरेको समितिका सदस्य सुरेश बादलले जानकारी दिए । 

टोल विकास उपभोक्ता समितिले टोलभित्र पर्ने सबै खालका विकृतिको अन्त्य गर्ने अभियान सञ्चालन गरेको बताउँदै उनले मदिरा बिक्रि वितरणले समाजमा अशान्त उत्पन्न भएको बताए । 
‘मध्यरातसम्म मदिरा विक्रिवितरण गरेकोले झै–झगडा, हल्ला हुने साथै भारतीय अपराधीहरु प्नि यही एरियामा आई खाईपिई झैझगडा गर्दा चेली बेटीहरुलाई पनि हिँड डुल गर्न समस्या भएकाले मदिरा बिक्रि वितरणमा रोक लगाउन जोडदार माग गर्दछौँ’, प्रजिअ ढकाललाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ । 

सोही क्षेत्रमा अस्पतालसमेत भएको हुँदा मोटरसाइकल बाटोभरी पार्किङ्ग गर्दा एम्बुलेन्स आवतजावतमा समेत समस्या भएको हुँदा मदिराजन्य व्यापार व्यवसाय बनद गर्नुपर्ने उपभोक्ता समितिका अध्यक्ष श्रीवास्तवको माग छ । 

यसअघि बुधवार राति पानीटंकीमा ग्याङ् फाइट भएको थियो । समयमै प्रहरी पुगेपछि दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । 

ग्यांङ फाइट भएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 

Back to top