×

वीरगञ्ज १८ साउन । मधेश प्रदेशको रौतहट जिल्लाको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यकक्षमा नै चर्तिकला देखाउनुभएको छ ।

उहाँले कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै गरेको भिडियो र फोटो सार्वजनिक भएको छ । कार्यकक्षभित्रै कुर्शीमा टिकटक बनाउँदा चौतर्फी आलोचना हुन थालेको छ ।

नगरपालिका कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर अधिकृत साह र उहाँकी श्रीमती रानी साहले (टिकटक अनुसार) कार्यालयलाई नै बेडरुम जस्तै नांचगान गर्दै टिकटकमा मस्त भएको देखिएको छ ।

मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो श्रीमतीसँग आफ्नै कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएपछि जनस्तरमा आलोचना भइरहेको छ ।

केही दिन अगाडि अधिकृत साहकी श्रीमती रानी साहले उहाँको पदीय कुर्सीमा साहको काखमा बसी टिकटक भिडियो बनाएर सार्वजनिक गरेको देखिन्छ ।

नगरपालिका कार्यालयको प्रतिष्ठा र मान मर्यादालाई बिर्सिएर अधिकृत साह र उहाँको श्रीमती रानी साहले (टिकटक अनुसार) कार्यालयमै नांचगान गर्दै टिकटकमा मस्त बन्न थालेको पाईएको हो।

मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो श्रीमतीसँग आफ्नै कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएको छ।

केही दिन अगाडि अधिकृत साहको श्रीमती रानी साहले उहाँको पदीय कुर्सीमा साहको काखमा बसी टिकटक भिडियो बनाउँनुभएको थियो ।

नगरपालिकाको प्रतिष्ठा र आफ्नो मान मर्यादालाई खिल्ली उडाउँदै नि. प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो पदीय कुर्सीमा बसी श्रीमतीलाई काखमा राखि टिकटकमा मस्त बन्न थालेको फोटो र भिडियोमा देख्न सकिन्छ ।

साह करिब डेढ बर्ष देखि सो पदमा कार्यरत भएकाले उहाँले नगरपालिकालाई आफ्नो घर बुझी आफ्नो पदीय गरिमालाई समेत धज्जी उडाएको यस फोटो ले बुझिन्छ।

केही दिन अगाडि उहाँकी श्रीमतीले पदीय कुर्सीमा बनाएको टिकटक भिडियोबाट सो फोटो बाहिर आएको छ। हाल यो भिडियो उहाँको श्रीमतीकी प्रोफाइलबाट डिलिट गरिएको छ ।

पछिल्लो लामो समय देखि नेपालका सरकारी कार्यालयको कर्मचारीहरुले कार्यालयलाई टिकटक बनाउने अखडा बन्न थालेका छन् । उक्त भिडियो र फोटोहरु सामाजिक सञ्जालमा भने भाइरल छ ।

Back to top