×

पाकिस्तानी सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाकिस्तानको बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हराइरहेको हेलिकोप्टर मंगलबार दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सरकारी सैन्य अधिकारीहरूले जानकारी दिएका हुन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा लेफ्टिनेन्ट जेनरल सर्फाज अलि पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गरेका छन् ।

Back to top