×

वीरगञ्ज १७ साउन । पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा, वडा नम्बर ५ सतवरिया र वडा नम्बर ६ श्रीसियामा निर्माण हुने सडकको क्षेत्र नम्बर ३ का सङ्घीय सांसद हरिनारायण रौनियारले आज मङ्गलबार शिलान्यास गर्नु भएको छ । 

संघिय सरकारको एक सांसद एक रणनीतिक कार्यक्रम अन्तर्गत सांसद हरिनारायण रौनियारको बिशेष पहलमा उक्त भेगका सडक १८ करोडको लागत निर्माण हुन लागेको छ । एक कार्यक्रमको बीच शिलान्यास भएको सांसद रौनियारको सचिवालयले जनाएको छ । 

यो सडक निर्माणको लागी सांसद रौनियारले पटक पटक भौतिक पूर्वाधार मन्त्राय र सम्बन्धित निकायसंग छलफल गरी निर्णायक तह सम्म पुर्याउनु भएको छ । 

सांसद रौनियाको पहलमा नेपाल सरकारको निर्देशनम सडक डिभिजन कार्यालय हेटौडाले यो सडक निर्माणको लागी टेण्डर गरेको थियो । 

शिलान्यास कार्यक्रममा बोल्दै सांसद रौनियारले यो सडक निर्माणको काम अगाडी बढाएको नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिज कार्यालय हेटौडालाई धन्याबाद ज्ञापन गर्नुभएको छ । उहाले यो सडक निर्माण भएपछी यस भेगका जनतालाई सहज हुने बताउनुभयो । 

त्यस अवसरमा शिलान्यास स्थलमा पूगेला त्यस क्षेत्रका जनताले सांसद रौनियारलाई बिशेष धन्याबाद दिएका थिए । 

जनतासंग कुरा गर्दै सांसद रौनियारले आगामी दिनमा समेत जनताको चाहना अनुसार बिकास निर्माणका कामलाई सरकार संग पहल गरेर ल्याउने बताउनुभयो । 

ग्रिस नन्दनको अध्यक्षतामा भएको सडक शिलान्यास कार्यक्रममा जनता समाजबादी पार्टि पर्साका अध्यक्ष रामनरेश यादव, मधेश प्रदेशकी प्रदेश सभा सदस्य करिमा बेगम, जसपा नेता गौरीशंका आह, लोसपा नेता नेजामोदीन समानी, सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवाल, पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, संचारकर्मी लगायत स्थनीय बासीको उलेख्य सहभागिता रहेको थियो ।
 

Back to top