×

वीरगञ्ज, १६ साउन ।  नापी कार्यालय पर्साका अमिन प्रभु साहले सेवाग्राहीसँग घुस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनी विर्ताका सेवाग्राहीसँग नक्सा बनाएबापत घुस रकम मागेर लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

 

नापी कार्यालय पर्साका अमिन प्रभु साह

उनले घुसबापतको १८ हजार रुपैयाँ बुझेको भिडियोमा स्पष्ट देख्न सकिन्छ । आम नागरिकमा नापी कार्यालयलाई लिएर गलत बुझाई भइरहेको अवस्थामा यो भिडियोले झन आगोमा तेल थप्ने काम गरेको छ ।

उक्त भिडियोलाई लिएर अधिकांशले मालपोतमा यस्तो किसिमको घुस लेनदेन हुनु सामान्य भएको प्रतिक्रिया दिएका छन् । 

नापी कार्यालय पर्साका अमिन प्रभु साहले सेवाग्राहीसँग घुस लिएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।


 

Back to top