×

वीरगञ्ज, १२ अषाढ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनको विभिन्न पदको अन्तिम मतपरिनामहरु आउन थालेको छ । 

संघको कार्यालयमा जारी मतगणनामा हालसम्म आठ सय मत गणना हुँदा बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ता ६० मतको अग्रता लिदै जित नजिक पुगेका छन् । गुप्ताले २९० मत प्राप्त गर्दा सोही पदका अन्य उम्मेदवार ओमप्रकाश गुप्ताले २३० मत, रामचन्द्र पौडेलले २१८ मत, दिनेशप्रसाद कलवारले ११३ र अनिलकुमार साहले ११ मत प्राप्त गरेका छन् ।

यसैगरी वाणिज्यतर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ताले ८२ मतले अग्रता लिदै विजय नजिक पुगेका छन् । गुप्ताले २७१ मत प्राप्त गर्दा मोहन साह कलवारले १८९ मत, अर्जुन लम्सालले १४८ मत, सन्तोषकुमार गुप्ताले १२२ मत र रामायणप्रसाद साहले १२ मत प्राप्त गरेका छन् ।

संघको महासचिव पदमा प्रकाश गिरीको जित सुनिश्चित भएको छ । ९२ मत गणना बाँकी रहदा गिरीले एक सय ९२ मतको मतान्तरले अग्रता लिएका छन् । गिरीले ४४३ मत प्राप्त गर्दा लक्ष्मण अधिकारीले २५१ मत र अनिल तिवारीले १६५ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष पदमा रामबाबु कलवार निर्वाचत हुने निश्चित भएको छ । ९२ मत गणना हुन बाँकी हुदा कलवारले २८९ मतले अग्रता लिएका छन् । कलवारले ५३३ मत प्राप्त गर्दा सोही पदका प्रत्यासी अमरप्रसाद यादवले २८९ मत प्राप्त गरेका हुन् ।

वाणिज्यतर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारीले २०० मत प्राप्त गर्दै अग्रता लिएका छन् । सोही पदका उम्मेदवार कृष्णप्रसाद साहले १८१ मत, गिता शर्माले १२६ मत, श्यामबाबु साहले १०४ मत, शान्ताकुमारी बजगाई (रिना) ले ६६ मत र रमेश खरेलले ५६ मत प्राप्त गरेका छन् ।

जारी मतगणनाको प्राप्त मतपरिणाम अनुसार वाणिज्यतर्फको सदस्य पदमा सन्तोष कुशवाहा, आशा दाहाल, राजुप्रसाद साह, तसौवर हुसेन, विन्देश्वरीप्रसाद साह, प्रदीप कुमार र रिता कँडेलले अग्रता लिएका छन् ।

कुल एक हजार तीन सय पाँच मतदातामध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसियटतर्फ तीन मत खसेको थियो ।

हालसम्म गणना भएको ८०० मतको मतपरिणामः

वरिष्ठ उपाध्यक्ष
मनोजकुमार गुप्ताः २९० (अग्रता)

ओमप्रकाश गुप्ताः २३०
रामचन्द्र पौडेलः २१८
दिनेशप्रसाद कलवारः ११३
अनिलकुमार साहः ११

उपाध्यक्ष (वाणिज्य):
गजेन्द्रप्रसाद गुप्ताः २७१ (अग्रता)
मोहन साह कलवारः १८९
अर्जुन लम्सालः १४८
सन्तोषकुमार गुप्ताः १२२
रामायणप्रसाद साहः १२

महासचिवः
प्रकाश गिरीः ४४३ (अग्रता)

लक्ष्मण अधिकारीः २५१
अनिल तिवारीः १६५

कोषाध्यक्षः
रामबाबु कलवारः ५३३ (अग्रता)

अमरप्रसाद यादवः २८९

सचिव (वाणिज्य):
विष्णुप्रसाद अधिकारीः २०० (अग्रता)

कृष्णप्रसाद साहः १८१
गिताकुमारी शर्माः १२६
श्यामबाबु साहः १०४
शान्ताकुमारी बजगाई (रिना): ६६
रमेश खरेलः ५६

सदस्य (वाणिज्य):
सन्तोष कुशवाहाः ४०५ (अग्रता)
आशा दाहालः ३३९ (अग्रता)
राजुप्रसाद साहः ३१८ (अग्रता)
तसौवर हुसेनः ३१३ (अग्रता)
विन्देश्वरीप्रसाद साहः ३०२ (अग्रता)
प्रदीप कुमारः २६५ (अग्रता)
रिता कँडेल २४० (अग्रता)

अमृत बस्यालः २३८
गंगाधर ढकालः १५२
राजेन्द्र गौतमः ११४
निलम साहः ६८
रेवती देवकोटाः २११
ठाकुरप्रसाद खतिवडाः १८२
प्रेमप्रसाद साहः १८८
अनिलकुमार विश्वकर्माः १७३
मनोज साहः १०६
कृष्ण सिग्देलः १८५
कृष्ण लामिछानेः १२२
रामप्रसाद गौतमः १८५
रजनी अधिकारीः १५२
रेनुका गिरीः १३२
सावित्री गिरीः १३४
नारायण सिंखडाः २०७

हालसम्मको अन्तिम मतपरिणामः

अध्यक्ष:
मोहन शर्मा लामिछानेः (निर्विरोध निर्वाचित)

उपाध्यक्ष (उद्योग):
बिजयकुमार साहः ४७ मत (निर्वाचित)

दीपक गुप्ताः ३२ मत

सचिव (उद्योग):
मुकेश साहः (निर्विरोध निर्वाचित)

सदस्य (उद्योग):
राकेशप्रसाद गुप्ताः ५७ मत (निर्वाचित)

राजेशकुमार प्रसाद साहः ५६ मत (निर्वाचित)
रिना रौनियार पुरीः ५५ मत (निर्वाचित)

लक्ष्मण साहः ३६ मत
सरवन प्रधानः २३ मत

Back to top