×

वीरगञ्ज, १२ अषाढ । बाराका किसानले रासायनिक मल माग गर्दै प्रदर्शन गरेका छन् । आज आइतबार किसानले रासायनिक मलको माग गर्दै जिल्लाको सदरमुकाम कलैयामा र्‍याली निकालेर प्रदर्शन गरेका हुन्  ।

किसानले रासायनिक विगत केही दिनदेखि निरन्तर मागको माग गर्दै आएका छन् । मल उपलब्ध नभएपछि नेकपा एमाले निकटको अखिल नेपाल किसान महासंघ बाराको अगुवाइ किसानहरुले उनीहरु विरोध गरेका हुन् । खेती गर्ने बेलामा रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । 

त्यहाँस्थित एमालेको पार्टी कार्यालयबाट निस्किएको किसानहरुको जुलुश बजार परिक्रमा गर्दै कृषि सामाग्री कम्पनि लिमिटेडको शाखा कार्यालयमा पुगेका थिए । कार्यालय अगाडि किसानहरुले २ घण्टा धर्ना पनि दिएका थिए । प्रदर्शनका क्रममा उनीहरुले सरकारविरुद्ध विभिन्न नारा पनि लगाएका थिए  ।

धर्नामा बसेका किसानहरुले कार्यालयका निमित्त प्रमुख नोज बहादुर जिएमलाई भेटेर मल आभावको समस्या बारे जानकारी गराउँदै छिटोभन्दा छिटो सहज तरिकाले मल उपलब्ध गराउन मगा पनि गरेका थिए । मागहरु छिट्टै पूरा नभए अझ सशक्त आन्दोलनमा किसानहरुले चेतावनी पनि दिएको अखिल नेपाल किसान महासंघका केन्द्रिय स्थायी कमिटी सदस्य उमेश गुप्ताले बताए ।

अखिल नेपाल किसान महासंघ बाराका संयोजक आत्मदेव भटटराइको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु रामनाथ बैठा, बन्दना सिंह, धनमाया चौधरी, परवानीपुर गाँउपालिकाकी उपाध्यक्ष सुगान्धी देवी गुप्ता लगायतको पनि सहभागीता रहेको थियो ।

Back to top