×

वीरगञ्ज, १२ अषाढ ।  शनिवार सम्पन्न जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना अहिले भईरहेको छ । नयाँ कार्यसमिति चयनका लागि शनिवार भएको निर्वाचनको हालसम्म ६ सय मत  गणना भएको छ ।

हालसम्म भएको मतगणनाअनुसार संघको वरिष्ठ उपाध्यक्षमा मनोज कुमार गुप्ताले अग्रता लिएका छन् । गुप्ताले २ सय ३० मत पााउँदा निकटम प्रतिद्वन्द्वी ओमप्रकाश गुप्ताले १ सय ७९, रामचन्द्र पौडेलले १ सय ६२, दिनेशप्रसाद कलवारले ८९ र अनिल कुमार साहले ७ मत पाएका छन् । 

वाणिज्यतर्फको उपाध्यक्षमा युवा उद्यमी गजेन्द्रप्रसाद गुप्ताको अग्रता कायमै छ । उनको अग्रतालाई आधार मान्ने हो भने गुप्ता वाणिज्यतर्फको उपाध्यक्षमा निर्वाचित हुने प्रबल सम्भावना देखिएको छ । गुप्ताले २१० मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी मोहन साह कलवारले १३८ मत पाएका छन् । हाल कलवारभन्दा गुप्ता ७८ मतले अगाडी छन् । 

अर्जुन लम्सालले १ सय १०, सन्तोषकुमार गुप्ताले ८९ मत र रामायणप्रसाद साहले ९ मत प्राप्त गरेका छन् ।

संघको महासचिव पदमा प्रकाश गिरिले फराकिलो अग्रता लिएका छन् । गिरीले ३ सय ५० मत प्राप्त गर्दा लक्ष्मण अधिकारील १ सय ९१ मत र अनिल तिवारीले १ सय २८ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा रामबाबु कलवार पनि फराकिलो मतान्तरले अगाडी छन् । कलवारले ४ सय ११ मत ल्याउँदा सोही पदका प्रत्यासी अमरप्रसाद यादवले २ सय ३० मत प्राप्त गरेका छन् ।

वाणिज्यतर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारीले १ सय ४८ मत प्राप्त गर्दै अग्रता लिएका छन् । सोही पदका उम्मेदवार कृष्णप्रसाद साहले १ सय ३७, गिता शर्माले ९८, श्यामबाबु साहले ७८, शान्ताकुमारी बजगाई (रिना) ले ५१ र रमेश खरेलले ३८ मत प्राप्त गरेका छन् ।

जारी मतगणनाको प्राप्त मतपरिणामअनुसार वाणिज्यतर्फको सदस्य पदमा सन्तोष कुशवाहा, आशा दाहाल, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदीप कुमार र रिता कँडेलले अग्रता लिएका छन् ।

कुल एक हजार तीन सय पाँच मतदातामध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसियटतर्फ तीन मत खसेको थियो । उद्योग र एसोसियटतर्फको मतगणना सम्पन्न भईसकेको छ भने वाणिज्यतर्फको अब दुई सय ९२ मत गणना हुन बाँकी छ । 

अध्यक्षमा भने मोहन शर्मा लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् ।  
 

Back to top