×

वीरगञ्ज, १२ अषाढ ।  लागूऔषध दुर्व्यसन र यसको असरका बारेमा प्राथमिक तहबाटै विद्यार्थीहरुलाई आवश्यक प्रशिक्षण गराउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

वीरगञ्जको भगवती टोलमा रहेको मुन लाईट माद्यमिक विद्यालयमा शनिबार आयोजित कार्यक्रममा सहभागिहरुले लागूऔषधको प्रयोग र यसका असरका सम्बन्धमा सानैदेखि सचेत गराउन सके मात्रै दुर्व्यसननबाट जोगाउन सकिने धारणा व्यक्त गरे ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलको सहकार्यमा आयोजित ‘लागूऔषध दुव्र्यसन र यसको असर’ सम्बन्धी कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले प्रशिक्षण दिएका थिए ।

किशोरावस्थाका बालबालिका बढी मात्रामा यस्को दुव्र्यसनमा फस्ने गरेको भन्दै उनले लागुऔषधबाट टाडै रहन विद्यार्थीहरुलाई आग्रह गरे । कसैको लहलहैमा प्रयोग गर्न नहुने भन्दै उनले आफ्नो भविष्य उज्ज्वल बनाउन पढाइमा ध्यान केन्द्रित गरेर अघि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए ।

साथै लागुपदार्थ र यसको असरका बारेमा हरेक विद्यालयमा कार्यक्रम गरेर विद्यार्थीहरुलाई सचेत बनाउन अभियान अघि बढाउनुपर्नेमा पनि उनको जोड थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुनलाईट माद्यमिक विद्यालयका प्रधानाध्यापक श्याम केसी, कञ्चनजंघा माविका प्रबन्ध निर्देशक मार्टिन मोक्तान लगायतले विद्यार्थीहरुलाई लागु औषध र दुव्र्यसनीबाट टाढा रहन आग्रह गरेका थिए । 

सामुदायिक सेवा केन्द्र कुम्हाल टोलकी उपाध्यक्ष सन्ध्या भट्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।  


 

Back to top