×

वीरगञ्ज, १२ अषाढ ।  वीरगञ्जमा भोली र पर्सी दुई दिने बृहत शैक्षिक मेला हुने भएको छ । अफेयर्स नेपाल प्रा.लि.को आयोजनामा वीरगञ्जमा भोली र पर्सी वीरगञ्जको लर्डस् दियालो प्लाजामा बृहत शैक्षिक मेला हुने भएको हो । 

‘स्टडी इन इन्डिया एक्स्पो’ शैक्षिक मेलामा भारतका नाम चलेका २० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरुले निःशूल्क रुपमा परामर्श दिनेछन् । 

उच्च शिक्षाका लागि कुन विषय अध्ययन गर्ने भन्ने द्धिविधा मेटाउन नाम चलेका विश्वविद्यालयहरूबाट आएका प्रतिनिधीहरुले दुई सयभन्दा बढी कोर्षहरूको स्कोप, शूल्क लगायतका बारेमा निःशूल्क रुपमा परामर्श दिने अफेयर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए । थपलियाका अनुसार नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै शैक्षिक मेलाको आयोजना गरिएको हो । 
विद्यार्थीहरूले आफ्नो रोजाइको विषय र भारतको नाम चलेका विश्वविद्यालयहरुको बारेमा जानकारी लिने अवसर शैक्षिक मेलाले प्रदान गर्नेमा थपलिया विश्वस्त छन् । 

शैक्षिक मेलामा नयां पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइनेछ ।  

दुई दिनसम्म संचालन हुने मेलामा हजारौ विद्यार्थीहरूले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । अफेयर्स नेपाल प्रा.ली.ले यसअघि काठमाण्डौं, बुटवल, विराटनगर लगायतका शहरहरुमा पनि शैक्षिक मेला सम्पन्न गरीसकेको छ । 
 

Back to top