×

वीरगञ्ज, ११ अषाढ ।  श्रीकृष्ण जनमाष्टमीको अवसरमा भाद्र ३ गते प्रदर्शन हुने चलचित्र ‘कृष्ण लीला’ को गीत सार्वजनिक भएको छ । पुष्प खड्का र श्रद्धा क्षेत्रीले फिचरिङ् गरेको गीत ‘ए मेरो हजुर’ सार्वजनिक भएको हो । 

डा. डी.आर. उपाध्यायको शब्द सृजना र बाबुल गिरीको संगीत संयोजक रहेको उक्त गीतमा नेपाल आईडल सिजन २ का बिजेता रवि ओड र गायिका सुनिता कार्कीले आवाज दिएका छन् । 
उत्सव दाहालले छायांकन र सिलन लम्सालले सम्पादन गरेको गीतको भिडियो कोरियोग्राफी माइकल चन्दले गरेका छन् । 

गीत सार्वजनिक भएसँगै चलचित्रको व्यग्रताले दर्शकलाई कौतुहल बनाएको छ ।  गीतको भिडियो हेरेसँगै पूरा चलचित्र हेर्न आतुर भएको चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेलले बताइन् । 
गीतको भिडियोमा पुष्प र श्रद्धाको क्यामेस्ट्री अत्यन्तै सुहाएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । गीतको भिडियोमा आएका सकारात्मक प्रतिक्रियाले गर्दा फिल्म पनि दर्शकले रुचाउनेमा अभिनेत्री श्रद्धा विश्वस्त छिन् । छायांकनमा गरेको मेहनत स्मरण गर्दै अभिनेता पुष्पले पनि दर्शकले चलचित्र मन पराईदिने प्रतिक्रिया दिए ।  

निर्देशक दीपक ओलीले प्रेम कथामा आधारित चलचित्र ‘कृष्ण लीला’ लाई दर्शकले साथ दिने धारणा राखे । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको निर्माता रमेश तामाङ हुन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।


 

Back to top