×

वीरगञ्ज, १० अषाढ ।  बलिङमा उत्कृष्ट प्रदर्शनका बावजुद वर्षाले खेल अवरुद्ध भएपछि नेपाली महिला क्रिकेट टोली एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । 

योसँगै नेपाल एसिया कपमा छनोट हुन पनि असफल भएको छ ।

वर्षाले खेल रद्द भएपछि समूह ‘ए’ विजेता भएर सेमिफाइनल प्रवेश गरेको युएईलाई विजेता घोषणा गरिएको हो । 

यूएई समूह चरणमा अपराजित थियो। नेपाल समूह ‘बी’को उपविजेता भएर सेमिफाइनल पुगेको थियो ।


यसअघि युएईविरुद्ध नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकी थिइन् । नेपाली बलरले युएईलाई खुलेर खेल्न दिएका थिएनन् । युएईले १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो ।

नेपालका लागि अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । उनले ३.५ ओभरमा १० रन दिएकी थिइन् ।

तर, युएईको इनिङ्स सकिएलगत्तै वर्षा सुरु भएको थियो । वर्षा नरोकिएपछि खेल रद्द गरेर युएईलाई विजयी घोषणा गरिएको हो ।

Back to top