×

वीरगञ्ज, १० अषाढ । साप्ताहिक कारोबारको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य ३०० रुपैयाँले घटेको छ । 

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । 

यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार थियो । 

शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५० रुपैयाँ थियो ।   

Back to top