×

वीरगञ्ज, १० अषाढ । गत वर्ष अफगानिस्तानमा सत्तापक्षलाई हटाएर तालिबानले देशमा नियन्त्रण लिएपछि हटाएको आफ्नो दूतावास फेरी सञ्चालनमा ल्याएको छ ।

अफगानिस्तानमा आफ्नो उपस्थिति देखाउँ भारतले पुन: बिहिबारदेखि दूतावास सञ्चालनमा ल्याएको हो ।

भारतले काबुलस्थित आफ्नो दूतावासमा ‘प्राविधिक टोली’ तैनाथ गरेको छ । योसँगै भारतले अफगानिस्तानको राजधानीमा आफ्नो कूटनीतिक उपस्थिति पुनः स्थापना गरेको छ ।

गत वर्ष अगस्टमा अफगानिस्तानमा सत्तापक्ष र तालिवानको नियन्त्रणपछि भारतलगायत विश्वका धेरै देशले आफ्ना दूतावास बन्द गरेका थिए ।

यसैबीच अफगानिस्तानमा गएको भूकम्पका कारण भएको क्षतिलाई ध्यानमा राख्दै भारतबाट पनि पहिलोपटक सहयोग पठाइएको छ ।

अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म कम्तीमा हजार पुगेको छ ।

Back to top