×

वीरगञ्ज, १० अषाढ । ४ वर्षीय बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा बारा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चकरी जंगलका १९ वर्षीय अजय पाख्रिन रहेका छन् ।

घरमा कोही नभएको बेला पाख्रिनले बुधबार सोही स्थान बस्ने एक ४ वर्षीय बालिकालाई जबरजस्ती बलात्कार गरेर फरार भएका थिए । पिडित बालिकाले आफ्ना अभिभावकलाई घटनाको बारेमा जानकारी गराएपछि उनीहरुले पाख्रिनविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दर्ता गराएका थिए ।

जाहेरीको आधारमा बारा प्रहरीले सोही दिन पाख्रिनलाई पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेश थापाले जानकारी दिए ।

डिएसपी थापाका अनुसार पाख्रिनलाई घटना भएकै दिन साँझ ६ बजेको करिबमा पक्राउ गरिएको थियो । उनलाई अर्को दिन असार ९ गते जिल्ला अदालत बारामा उपस्थित गराएर आवश्यक कारवाहीका लागि ७ दिन म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको डिएसपी थापाले बताए ।

Back to top