×

वीरगञ्ज, ९ अषाढ ।  मधेश प्रदेशका प्रदेश सभा सदस्य जितेन्द्र सोनलले विद्यालय एवम् विभिन्न संघ संस्थाहरुलाई पंखा वितरण गरेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका सोनलले बाराको फेटा गाउँपालिका वडा नम्बर १ रजवटियास्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा आयोजित एक कार्यक्रमका बिच आफ्नो क्षेत्रमा रहेका सामुदायिक विद्यालयलाई पंखा प्रदान उपलब्ध गराएका हुन् । 

बारा क्षेत्र नम्बर ४ (ख) का विभिन्न विद्यालयहरुमा पंखा नहुँदा गर्मीका कारण विद्यार्थीको पठनपाठनसमेत प्रभावित भएको खबर पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्षसमेत रहेका सोनलले पंखा उपलब्ध गराएका हुन् । 

No description available.

यसअघि पनि उनले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयहरुमा पंखासहित अन्य आवश्यक सामाग्री प्रदान गर्दै आएका छन् । सोही योजनाकै निरन्तरतास्वरुप लोसपा फेटा गाउँपालिकाका अध्यक्ष लोहा यादवको अध्यक्षतामा बिहिवार पंखा विद्यालयका प्रधानाध्यापक एवम् प्रतिनिधिलाई प्रदान गरिएको लोसपाका नेता रमेश सर्राफले जानकारी दिए । 

सोनलको संसदीय कोषको रकमबाट प्रावि, निमावि र आधारभुत गरी १२ वटा विद्यालयमा आवश्यक्ताका आधारमा १ सय ३१ वटा पंखा वितरण गरिएको सर्राफले बताए ।

No description available.

पंखा वितरण कार्यक्रममा लोसपा बारा क्षेत्र नम्बर ४(ख) का अध्यक्ष मदन साह कानु, लोसपा नेता रामसुनर यादव, वकिल यादव, सन्त यादव, सन्तोष पटेल, प्रधानाध्यापकहरु दिपेन्द्र स्वर्णकार, पप्पु सिंह, श्यामसुन्दर यादव, फुल्चन ठाकुर, उमेशकान्त शुक्ला, शिक्षक दिलिप उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।

No description available.

Back to top