×

वीरगञ्ज, ९ अषाढ ।  नबिल इन्भेस्टमेन्ट बैकिंग लिमिटेडको आयोजनामा बित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । 

नबिल बैंक बैंकको सब्सीडीयरी संस्था नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत वीरगञ्जमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

बुधवार वीरगञ्जको आदर्शनगरस्थित पूजन होटलमा आयोजित पूँजी बजार सम्बन्धी वित्तीय साक्षरता कार्यक्रममा नबिल इन्भेस्टमेन्टका हेड रेल्सनसिप अफिसर बिकास चन्द्र भण्डारीले प्रशिक्षण दिएका थिए । 

भण्डारीले प्रशिक्षणको क्रममा पूँजी बजारको बारेमा विस्तृत जानकारी गराउनुका साथै कम्पनिले गर्ने काम, कम्पनीबाट प्रवाह हुने सेवा सुविधा, वर्तमान परिवेशमा पुँजी बजारको अवस्था लगायतका बारेमा प्रकाश पारेका थिए । 

पछिल्लो समयमा शेयर बजारतर्फ बढ्दै गएको आकर्षणका कारण शेयरमा लगानी गर्नुपर्ने बारेमासमेत जानकारी गराइएको थियो । 

नबिल इन्भेस्टमेन्ट बैकिंग लिमिटेडका एसोसीएट करोपोरेट एडभाइजरी सार्भिस पवन भण्डारीले बित्तिय साक्षरताको आवश्यक्ता बढीरहेको बताए । हरेक नागरिक बित्तिय साक्षरता सम्बन्धमा जानकार हुनुपर्ने बताउँदै उनले प्रविधिमैत्री साक्षरताको आवश्यक्ता औँल्याए ।

पूँजी बजारमा लगानी गर्ने र लगानी गर्न खोज्नेहरुका लागि बित्तिय साक्षरता कार्यक्रम कोषेढुंगा साबित भएको नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष राकेश साहले बताए । 

कार्यक्रममा नबिल बैंकको विभिन्न शाखाका प्रतिनिधि, बैंकर्स, लगानीकर्ता, उद्यमी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको नबिल बैंक मधेश प्रदेशका प्रमुख दीपक श्रेष्ठले जानकारी दिए ।

Back to top