×

वीरगञ्ज, ८ अषाढ । वीरगञ्ज महानगरपालिकाका वडा सदस्यको निधनको शोकमा भोली वीरगञ्ज महानगरपालिका कार्यालय बन्द रहने भएको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का वडा सदस्य कृष्ण कुमार (सन्त) यादवको निधनको शोकमा बिहीबार बन्द रहने भएको हो ।

महानगरमा भोली आवश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द रहने जनाइएको छ ।

मेयर राजेशमान सिंहले बुधबार साँझ एउटा शोक सन्देश जारी गर्दै वडा सदस्य यादवको निधन भएको शोकमा बिहीबार महानगरपालिकाको अत्यावश्यक वाहेकका सबै सेवा बन्द रहने जनाएका छन् ।

मेयर सिंहले यादवको निधन प्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट पनि गरेका छन् ।

गत जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाईनस्थित कान्तिलोकपथ सडक खण्डमा भएको सवारी दुर्घटनामा परी घाइते भएका ३७ वर्षीय यादवको गएराति निधन भएको हो । 

चितवनको भरतपुरस्थित पूरानो मेडिकल कलेजमा भर्ना भई उपचाररत यादवलाई थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा मंगलबार राति बाटोमै निधन भएको थियो ।

यादव जनता समाजवादी पार्टी (जसपा) निर्वाचित भएका थिए ।

Back to top