×

वीरगञ्ज, ८ अषाढ ।  पर्साको पोखरिया नगरपालिका वडा  नम्बर ६ निवासी शम्भु पासवानले आफ्ना ७ वर्षीय छोराको जिवन बचाउन अनुरोध गरेका छन् ।

मृगौला (किड्नी) रोगबाट ग्रसित ७ वर्षीय किसन पासवानको उपचारका लागि आर्थिक अभाव भएपछि उनका अभिभावकले सार्वजनि अपिल गर्दै छोराको उपचारका लागि सहयोग माग गरेका छन् ।

कमजोर आर्थिक अवस्थाका कारण छोरा किसनको उपचार गराउन असमर्थ भएको बताउँदै बुबा शम्भुले छोराको उपचारका लागि सहयोगको अपिल गरेका हुन् । 

किसनको उपचारका लागि अस्पतालमा भर्ना गराउन मात्रै तत्काल २५ हजार रुपैया लाग्ने भएको तर त्यति रकमको व्यवस्था हुन नसकेपछि हालसम्म पनि भर्ना गर्न नसकिएको पोखरिया युवा समाजका संयोजक भगवान दास तत्वाले जानकारी दिए ।  उनले भने, ‘कमजोर आर्थिक अवस्थाका कारण परिवारले उपचार खर्च जुटाउन सकेको छैन, हामी मिलेर उनको उपचार खर्च जोहो गरौँ ।’

किसनको उपचारमा सहयोग गर्न चाहनेले किसनकी आमा सञ्जना देवी दुषाद (Sanjana Devi Dusad) को नाममा कृषि बिकास बैंक (Agriculture Development Bank) मा रहेको खाता नम्बरमा ०५०७२०१८२१०१४०१५ (0507201821014015) सक्दो आर्थिक सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।

Back to top