×

वीरगञ्ज ६ असार । बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राजकुमार रावको फिल्म ‘स्त्री’लाई दर्शकले निकै मन पराएका थिए । यो फिल्म सन् २०१८ मा रिलिज भएको थियो । फिल्म सो वर्षको हिट फिल्ममध्ये एक थियो ।

अब भने निर्माताले यो फिल्मको प्रिक्वेल बनाउने भएका छन् । ‘स्त्री’को सफलतापछि निर्माताहरू यो हरर कमेडी फिल्मको नयाँ संस्करण बनाउने तयारीमा जुटेका छन् ।

निर्माता दिनेश विजानले फिल्मको सफलतापछि राजकुमार राव र जान्हवी कपूरका साथ फिल्म ‘रुही’ बनाएका थिए । 

यसपछि उनले वरुण धवन र कृति सेननका साथ फिल्म ‘भेडिया’ घोषणा गरेका थिए । यही मेसोमा दिनेशले ‘स्त्री’को प्रिक्वेलको योजना बनाएका हुन् ।

फिल्ममा अभिनयका लागि अभिनेत्री श्रद्धाले सहमति जनाइसकेकी छन् । फिल्म यसै वर्षको अगष्टसम्म फ्लोरमा जानेछ ।

Back to top