×

वीरगञ्जको गिता मन्दिर रोडस्थित जिल्ला बाल कल्याण समितिको भवनमा सञ्चालित वीरगञ्ज दरवार होटल र अन्य पसलहरु सिल गरिएको छ । 

वीगत लामो समयदेखि वीरगञ्ज दरवार होटलका सञ्चालक र अन्य पसलेहरुले भाडा नतिरेपछि महानगरपालिका कार्यालयले सिल लगाएको हो । 

सुकेश साह नामक व्यक्तिले होटल सञ्चालनका वीरगञ्ज महानगर पालिकासँग सम्झैता गरेपनि लामो समयदेखि सम्झौता अनुसारको भाडा तिरेका थिएनन् ।

होटल सञ्चालनका लागि सुकेश साहले महानगरसँग सम्झौता गरेर अमित गिरी, प्रभाकर गुप्ता र अशोक साहलाई जिम्मा लगाएका थिए । उनीहरुले नै विगत केहि वर्षदेखि त्यहाँ वीरगञ्ज दरबार होटल चलाउँदै आएका छन् ।

साहले महानगरपालिकालाई मासिक  १ लाख १ हजार १ सय १५ रुपैयाँको दरले भाडा तिर्ने सम्झौता गरेपनि उनले लामो समयदेखि भाडा नतिर्दा उक्त रकम अहिले ३५ लाख रुपैयाँ पुगेको छ । 

पटकपटक सूचना निकालेर बक्यौता तिर्न आग्रह गरेपनि साहले तिर्न नसकेपछि शनिबार वीरगञ्ज महानगरका कर्मचारीहरुले होटल सिल गरेका थिए । 


 

Back to top