×

दिपु मिश्र, रौतहट ४ असार । प्रहरीले रौतहटका नेपाली कांग्रेससंग आवद एक ठगलाई ठगि आरोपमा पक्राउ गरी ठगि मुद्धा दर्ता गरेको छ । 

नेपाली काग्रेंसका मधेश प्रदेश सदस्य तथा मदेश प्रदेश सभापति कृष्ण यादवका निकटत्म नितेश कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेर ठगि मुद्धा दर्ता गरेको हो । 

जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका ३१ बर्षिय गुप्ता नेपाली काग्रेस कृष्ण यादवको नाम भजाएर ठग्दै हिड्ेका कारण पक्राउ परेका हुन् । 

काठमाडौं जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान शाखाले पक्राउ पुर्जी जारी गरी गुप्तालाई बुधबार काठमाडौँ महानगरपालिका वडा नम्बर ९ सिनामंगलबाट पक्राउ परेका हुन् । 
रौतहटका युवा व्यवसायी राजिनन्द साहले ठगी आरोपमा जाहेरी दिएपछि गुप्तालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 

पक्राउ परेका गुप्तालाई बिहीवार ईलाका प्रहरी कार्यालय गरुडामा ठगी मुद्धामा म्याद थप गरीएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

बिगत लामो समय देखि नेपाली काग्रेंसको नामनै बदनाम हुनेगरी बिभिन्न चन्दा, अशुली र नेताको आडमा अबैध अशुली धन्दा गरिरहेका गुप्ता बल्ल प्रहरीको फन्दामा परेका हुन् । 
जिल्लाका नेपाली काग्रेंस निर्वाचित पालिकाहरुमा उनले भनेको काम नहुदा अनावश्यक दुख दिने गरेको व्यापक गुनासो रहेको छ । 

ठगी मुद्धामा काठमाण्डौबाट पक्राउ परेका गुप्ता प्रहरी हिरासत भित्रै नेपाली काग्रेको आडमा मोवाईल फोन समेत दुरुपयोग गर्न सक्ने उनले लेखेको सामाजिक संजाल फेसबुकको स्टाटसले पुष्टी गर्दछ ।
 

Back to top