×

मौसमी बिरामले प्रभावित भएपछि अधिकांश तत्काल औषधि किन्न दौडिन्छन् । तर मौसमी रोगलाई प्राकृतिक उपचारले पनि निको पार्न सकिन्छ । अहिलेको मौसममा एलर्जीको समस्या बढी देखिन्छ । यसको उपचारमा बेसारको प्रयोग लाभकारी मानिन्छ ।

बेसारको औषधीय गुणबारे हामी सबैलाई थाहा छ । तर धेरैलाई बेसारको एक पेय पनि बन्छ भन्ने थाहा नहुन सक्छ । बेसारको यो पेयले एसिडिटी, अपच र छातीको जलन, आस्थमा, एग्जिमा र आर्थरायिटिसको समस्यामा विशेष रूपले लाभकारी हुन्छ ।

यस अलावा चिसो सकिएर गर्मी लाग्दाको यो मौसममा देखा पर्ने एलर्जीको समस्यामा बेसारको स्पेसल पेयले बढी लाभ पाउन सकिन्छ ।

बेसारको यो पेय बनाउन करिब ५० एमएल नरिवल, १० ग्राम बेसार र १० ग्राम अदुवा राखेर पिँधेको पेस्ट पानीमा घोल्नु पर्दछ । अब त्यसलाई छानेर एक चम्चा कागतीको रस, एक चुट्की नुन र स्वादअनुसार मह हालेर पिउँदा माथिका सबै समस्यामा लाभ मिल्दछ ।

Back to top