×

वीरगञ्ज, २४ जेठ ।  घरायसी प्रयोजनका सामाग्री खरिद गरेर फर्किदै गरेको नेपाली नागरिकलाई भारतीय एसएसबीले निर्घात रुपमा कुटपिट गरेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० निवासी २३ वर्षीय सजिल मियाँलाई भारतीय एसएसबीले कुटपिट गरी गम्भिर घाइते बनाएको छ । 

भारतको आदापुर बजारबाट घरायसी प्रयोजनका सामाग्री खरिद गरेर घर फर्कीने क्रममा भारततर्फ खटिएका एसएसबीले चेक जाँच गर्ने बहानामा गाली गलौज गर्नुका साथै निर्घात कुटपटि गरेको पिडितको भनाई छ । 

मियाँ माथी कुटपिट भएपछि भारतीय एसएसबीको ज्यादतीविरुद्ध स्थानीयले प्रदर्शन गरेपछि केही बेर मटीअर्वा नाका तनावपुर्ण बनेको थियो । प्रदर्शनका क्रममा भारतीय प्रहरीको सवारी तोडफोड भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

भारतीय एसएसबीको कुटपिटबाट घाइते भएका मियाँको बाराको सदरमुकामस्थित कलैया अस्पतालमा उपचार भइरहेको छ । 
 

Back to top