×

वीरगञ्ज, ३ जेठ ।  पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अनोज चौधरी निर्वाचित भएका छन् । नेकपा एमालेका निवर्तमान अध्यक्ष रामप्रित महतोलाई १ हजार २ सय ६१ मतको फराकिलो मतान्तरले पराजित गर्दै चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

चौधरीले ४ हजार ५ सय ६० मत पाएका छन् भने महतोले ३ हजार २ सय ९९ मत पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका विकाउ प्रसाद भण्डारी थारु १ हजार ६५ मत र नेकपा माओवादी केन्द्रका जयनारायण प्रसाद चौधरी १ हजार ६५ मत पाएका छन् ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी रेखा चौधरी बिजयी भएकी छिन् । उनले नेकपा एमालेकी निवर्तमान उपाध्यक्ष उषा देवी थरुनीलाई १ हजार ७ सय ४५ मतको फराकिलो अन्तरले रेखा चौधरी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । 

जसपाकी बिन्दु देवी थरुनी १ हजार ४ सय २८, माओवादी केन्द्रकी उम्मेदवार ८ सय १४ मत र नेकपा (एकीकृत समाजवादी) की सबरुन नेसाले १ सय २७ मत पाएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए । 

पाण्डेका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका रामशरण खवास थारु (१२८८), वडा नम्बर २ मा एमालेका महादेव महतो थारु (८७७), ३ मा नेपाली कांग्रेसका सुरुज राय थारु (९६४), ४ मा कांग्रेसकै राजेश्वर दास थारु र ५ मा पनि कांग्रेसकै दारा सिंह राउत थारु (९१०) निर्वाचित भएका छन् । 

को हुन् अध्यक्षमा निर्वाचित चौधरी ?

चौधरी पूर्व गाविस अध्यक्ष स्वर्गीय महादेव महतोका छोरा हुन् । पूर्व फर्मासिस्ट चौधरी आफ्ना बुबो सपनालाई सार्थक बनाउन नेशनल हेल्थ केयरको जागिर छोडेर राजनितिकमा प्रवेश गरेका हुन् ।

फार्मेसी पेशासँग आबद्ध भई मास्टर इन फार्मेसी गरेका उनी आफ्नो बुवाको सपना साकार गर्नका लागि जागिर छाडेर राजनितिमा आएको बताउँछन् । 

चौधरीले सिंचाई व्यवस्थापन गरि कृषि क्रान्ति ल्याउने, इन्धन मूल्यवृद्धिको कारण गाउँपालिका भरी विद्युतीय प्रणालीका सबै सुविधा उपलब्ध गराउन उनी प्रतिबद्धता जनाएका छन् ।

Back to top