×

वीरगञ्ज, ३ जेठ ।  वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका इम्तियाज आलमले मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।

६ हजार ६ सय ६१ मत आलमले पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले १ हजार ८१ मत पाएका छन् । राप्रपाकी बिना जैसवाल कुर्मीले ५ सय ३९ मत ल्याएकी छिन् भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राको मत ७ सय ४६ रहेको छ । 

उपप्रमुखमा भने बदर हुने मतको संख्या बढीरहेको छ । ९ हजार २ सय ३९ मत सदर हुँदा बदर हुने मतको संख्या १० हजार १ सय ७० रहेको सहायक निर्वाचन अधिकृत जयराम काफ्लेले जानकारी दिए । 
 

Back to top