×

वीरगञ्ज, ३ जेठ ।  पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस बिजयी भएको छ । जनता समाजवादी पार्टी (जसपा) का हरिओम कुमार साहलाई ३७ मतले पराजित गर्दै कांग्रेसका संजय कुमार साह प्यानलसहित बिजयी भएका हुन् । 

जम्मा १ हजार ५ सय ९१ मत खसेकोमा ७ सय ६९ मत कांग्रेसका संजयले ल्याएका छन् भने जसपाका हरिओमले ७ सय ३२ मत ल्याएका छन् । एमालेका जितेन्द्र कुमार गुप्ताले ४८ मत ल्याउँदा नेपाल सुशासन पार्टीका करिमान साह तेलीले ५ मत ल्याएका छन् । ३७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

महिला सदस्यमा निर्मला देवी चौरसिया, दलित महिला सदस्यमा सीमा देवी, सदस्य खुलामा उमाशंकर मुखिया बिन र मोलाजीम मियाँ मंसुरी रहेका छन् । 
 

Back to top