×

वीरगञ्ज, ३ जेठ । सर्लाहीकाे बलरा नगरपालिकाकाे प्रमुखमा सरकारी सागिर छाडेर चुनाव लडेका रामशंकर कुशवाहा विजयी भएका छन् । 

नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका कुशवाहा ४ हजार ६ सय ४३ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बलराले जनाएकाे छ ।

उनकाे निकटतम् प्रतिद्वन्दी लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका अभय कुमार सिंह ३ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् । 

नेपाली कांग्रेसका काैशल किशाेर सिंह २ हजार ६ सय ८१ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका नागेन्द्र झा २ हजार ४ सय ५५, नेकपा एमालेका सचित्र सहनी १ हजार ८ सय ७ र जनमत पार्टीका संजय कुमार सिंह ७ सय ६१ मत पाएका छन् ।

नगर प्रमुखमा विजयी कुशवाहा शिक्षककाे स्थायी जागिरबाट राजिनामा दिएर चुनाव लडेका थिए ।

नगर उप प्रमुखमा माओवादी केन्द्रकी काेशिला देवी विजयी भएकी छन् । उप प्रमुखमा काेशिला ४ हजार ३ सय ५१ मत ल्याएर विजयी भएकी निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

उनकाे निकटतम् प्रतिद्वन्दी लाेसपाकी रागनी देवी ३ हजार ७ सय ४० मत, कांग्रेसकी किरण देवी ३ हजार ८७ मत, जसपाकी हेमन कुमारी २ हजार १ सय ७ मत पाएका छन् ।

Back to top