×

वीरगञ्ज, जेठ ३ ।  वीरगञ्ज महानगरपालिकामा ७ वटा वडाको १६ हजार ४ सय ४७ मत गणना भएको छ । बिहान सवा ११ बजेसम्म भएको गणनाअनुसार पाँच दलीय गठबन्धनबाट महानगरप्रमुख (मेयर) का उम्मेदवार राजेशमान सिंह ४ हजार ५ सय ९ मतले अगाडी छन् । 

जसपाका सिंहले ८ हजार १ सय ३१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका बिजय कुमार सरावगीको ३ हजार ६ सय २२ मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरीले २ सय ७३ मत ल्याएका छन् । 

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका इम्त्यिाज आलमले ५ हजार ४ सय २३ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ सय १० मत पाएका छन् । राप्रपाकी बिना जैसवाल कुर्मीको मत ४ सय २० छ भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ५ सय ९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । 

उनका अनुसार मेयरमा १२ हजार १ सय ५३ मत सदर हुँदा ४ हजार २ सय ९४ मत बदर भएको छ । उपप्रमुखमा सदरभन्दा पनि बढी मत बदर भएको छ । ७ हजार ४ सय ७९ मत सदर हुँदा ८ हजार ९ सय ६८ मत बदर भएको निर्वाचन अधिकृत पौडेलले बताए ।   
 

Back to top