×

वीरगञ्ज, ३ जेठ । पर्साको जिराभवानी गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मंगलबार बिहान सार्वजनिक भएको वडा नम्बर ४ को मतगणनाको अन्तिम मतपरिणामका अनुसार वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेश्‍वर दास थारु विजयी भएका छन् ।

आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुन दास थारुलाई १ सय ५१ मतको भारी मतान्तरले पराजित गर्दै राजेश्वर वडा अध्यक्षमा विजयी भएका हुन् ।

राजेश्वरले ५ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अर्जुनले केवल ४ सय २३ मत मात्र प्राप्त गरेका छन् ।

त्यसैगरी जसपाका विधानन्द महतो थारुले १ सय ८६, नकेपा माओवादीका विगा दिसवा थारुले ८५ र नेकपा एसका राजबली यादवले केवल ८ मत प्राप्त गरेका छन् ।

अघिल्लो निर्वाचनमा जिराभावानी गाउँपालिका वडा नम्बर ४ मा ५ सय २० मत ल्याएर नेकपा एमालेका सुबास राउत थारु विजयी भएका थिए ।

Back to top