×

वीरगञ्ज, ३ जेठ ।  वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबंधनबाट (जसपा) का उम्मेदवार राजेशमान सिंहले ४ हजार बढी मतको अग्रता लिएका छन् ।

आज विहान ६ बजे सम्मको अपडेटमा वडा नम्बर १, २, ३ र ३०, ३१, र ३२ को १४ हजार ४ सय ९६ मतगणना गर्दा सिंहले ७ हजार २ सय ४५ मत ल्याएर अग्रता लिएका हुन् ।

सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । मेयरमा नेकपा एमालेका विजयकुमार सरावगीले ३ हजार ९५ मत ल्याएका छन् । सिंह ४ हजार १ सय ५० बढी मतको अग्रता लिएका छन ।  

मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने २४३ मत पाएका छन् । यस्तै महानगरको उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलम ४८८८ मतका साथ अग्रस्थानमा छन् ।

उनलाइ लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ७७३ मतका साथ पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले भने ५४६ मत र राप्रपाकी उपमेयर उम्मेदवार विना जयसवालले ३८१ मत पाएकी छन् ।

अहिले वीरगञ्ज महानगरको वडा नम्बर १ , २ , ३ , ४ , ३० र ३१ को मतगणना जारी छ ।

 


 

Back to top