×

फाइल तस्बिर

वीरगञ्ज, २ जेठ ।  पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आयोग नेपालले जिल्ला निर्वाचन कार्यालय पर्सालाई बोधार्थ बनाई निर्वाचन अधिकृतको कार्यालय छिपहरमाई र जिल्ला प्रशासन कार्यालय पर्सालाई पठाइएको पत्रमा वडा नम्बर २ को मत गणना सुचारु गर्न निर्देशन दिइएको छ । 

आयोगका उपसचिव ऋषिराम भुषालद्वारा जारी पत्रमार्फत कानुनबमोजिम प्रक्रिया पुगी मतगणना प्रतिनिधि अनुपस्थित भएमा पनि मतगणनालाई निरन्तरता दिन आग्रह गरिएको छ । 
साथै मतगणना प्रक्रियामा भरपर्दाे सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिइएको छ । 


 

Back to top