×

वीरगञ्ज २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी आइपुगेका छन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्मित हेलिप्याडमा स्वागत गरेका छन् । प्रधानमन्त्री देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आएका हुन् । उनको यो औपचारिक भ्रमण हो ।

प्रधानमन्त्रीको हैसियतमा मोदीको यो पाँचौ नेपाल यात्रा हो । मोदी ६ घण्टा लुम्बिनीमा रहने छन् । मोदीले केहीबेरमा प्रधानमन्त्री देउवासँगै विशेष पूजाआजा गर्ने कार्यक्रम छ । त्यसपछि दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा बन्ने बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास गर्नेछन् ।

मोदी लुम्बिनी आउने पहिलो भारतीय प्रधानमन्त्री हुन् । विगतमा भारतीय प्रधानमन्त्रीहरु नेपाल यात्राका क्रममा पशुपति र पोखराको भ्रमणमा जाने गरे पनि लुम्बिनी, मुक्तिनाथ र जनकपुर चाहिँ जाने गर्दैनथे । नेपालका यी सबै धार्मिकस्थल भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

Back to top