×

अभिनेत्री माधुरी दीक्षित आज आइतबारबाट ५५ वर्ष पुगेकी छन् । सुन्दरता, उत्कृष्ट अभिनय, नृत्य कौशलको माध्यमबाट सबैलाई मोहित बनाउन सफल माधुरीले ७० बढी फिल्म अभिनय गरिसकेकी छन् ।

१५ मे १९६७ मा मुम्बईको एक मराठी ब्राह्मण परिवारमा जन्मिएकी माधुरीलाई सानैदेखि नृत्यमा रुचि थियो, त्यसैले उनका बुवाले उनलाई ३ वर्षको उमेरदेखि कथक कक्षामा भर्ना गराए । ८ वर्षको उमेरमा माधुरी ट्रेन्ड कथक डान्सर बनेकी थिइन् । जब माधुरी ८ वर्षकी थिइन्, उनी गुरु पूर्णिमामा आयोजित कार्यक्रममा सहभागी भइन् । यस अवसरमा माधुरीको नृत्य यति राम्रो थियो कि त्यहाँ उपस्थित एक पत्रकारले ‘यस सानी केटीले कार्यक्रम चोरिन्’ शीर्षकमा लेख लेखे । केही समयपछि ९ वर्षको उमेरमा माधुरीलाई कथकका लागि छात्रवृत्ति दिइयो ।

Back to top