×

वीरगञ्ज, १ जेठ । मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जको मेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन् । 

शनिबार दिउँसो मतगणनाको पहिलो नतिजा आएदेखि अगर्ता लिएका सिंहले आइतबार बिहानसम्म अग्रता कायमै राखेका छन् देखि ।

सिंहले हालसम्म १ हजार ३ सय ६३ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् । उनलाई पछ्याउँदै नेकपा एमाले र लोसपाका साझा उम्मेदवार विजयकुमार सरावगीले ६ सय ५९ मत मात्र प्राप्त गर्न सकेका छन् ।

महानगरपालिकाको ४ वटा वडाको ३ हजार ६७ वटा मत गन्दा वीरगञ्ज महानगरपालिकाको निवर्तमान मेयरसमेत रहेका सरावगी पाँच दलीय गठबन्धनका सिंहसँग ७ सय ४ मतले पछाडि रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै राप्रपाका गिरिश गिरीले हालसम्म ४१ मत मात्र प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा पनि पाँच दलीय गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमले अग्रता लिएका छन् । आलमले १ हजार १२ मत प्राप्त गर्दै उनका निकटतम प्रतिद्वन्द्वी उनिसँग ८ सय ५२ मतको अन्तरले पछाडि परेका छन् । निकटम प्रतिद्विन्द्वी एमाले र लोसपाका साझा उम्मेदवार पुरुषोत्तम लाल झाले केवल १ सय ६० मत प्राप्त गर्न सकेका छन् । झा पछाडि राप्रपाकी विना जयसवाल कुर्मीले ५५ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले १५ मत प्राप्त गरेका छन् ।

Back to top