×

वीरगञ्ज, १ जेठ । पर्सा जिल्लामा स्थानीय तह निर्वाचनअन्तर्गत जारी मतगणनाको अन्तिम नतिजा सार्वजनिक हुने क्रम आउन थालेको छ ।

आइतबार बिहान ७ बजेसम्म जिल्लाका विभिन्न स्थानीय तहको ८ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । 

सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार काँग्रेसले ४ , एमालेले ३ र जसपाले १ वडा अध्यक्ष जितेको छ ।

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कामेश्वरप्रसाद यादव ७ सय २९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामपुकार यादवले ६ सय ४२ मत ल्याएका छन् ।

पर्साको धोबिनी गाँउपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा ५ सय ७४ मत ल्याउँदै काँग्रेसका उम्मेदवार बन्धु साह तेली निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाकाका ललन राउत कुर्मीले ४ सय ७७ मत प्राप्त गरेका छन् ।

त्यसतै पर्साको पोखरीया नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा काँग्रेसका सोनाल साह गोढ विजयी भएका छन् । उनले ४४७ मत पाएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार बुनिलाल राउत कुर्मी उम्मेदवारले ३ सय ८७ मत मात्रै प्राप्त गरेका छन् ।

पोखरीया नगरपालिकाकै वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका प्रमोद गिरी विजयी भएका छन् । उनले ४ सय ४७ मत पाएका छन् भने उनका निटकतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार राजु गिरीले २ सय ६७ मत प्राप्त गरेका छन् ।

जिल्लाको बहुदरमाइ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका प्रमोद यादव विजयी भएका छन् । यादव ५ सय ७० मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोज राउत अहिरले ५ सय ४२ मत प्राप्त गरेका छन् ।

पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका फरमान मियाँ निर्वाचित भएका छन् ।

पर्साको ठोरी गाँउपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार धनमान थापा विजयी भएका छन् । उनले ६५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार नवराज फुयाँलले ६३० मत पाएका छन् ।

पर्साको बिन्दबासनी गाउँपालिका ववडा नम्बर १ को वडा अध्यक्षमा जसपाका अखलेश महतो निर्वाचित भएका छन् ।

Back to top