वीरगञ्ज ३१ बैशाख । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको मतगणना शनिबार बिहान ११ बजेदेखी सुरु भनिए पनि दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय स्थित मतगणनास्थलबाट बसेको शनिबार बिहान बसेको सर्वदलीय सर्वपक्षीय बैठकले मतगणना बिहान ११ बजेदेखि नै सुरु गर्ने निर्णय गरेपनि अहिले सम्म शुरु हुन सकेको छैन ।
मतगणनास्थलमा रहेका सन्चारकर्मीहरुका अनुसार, मतगणनामा बस्ने उम्मेदवाका प्रतिधिनीहरुको परिचय पत्र बनाउने काम अहिले भइरहेकाले ढिला भएको हो । मतगणना दिउसो १ बजे पछि मात्रै शुरु हुन सक्ने सम्भावना रहेको बताइएको छ ।