×

वीरगञ्ज ३१ बैशाख । वीरगञ्ज महानगरपालिकाको मतगणना आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित नृसिंह माद्यामिक विद्यालयमा हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल सकिएको छ ।

बिहान ९ बजे बसेको सर्वदलीय बैठकले ११ बजे बाट मत गणना सुरु हुने निर्णय गरेको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

आज विहान ८ बजे बस्ने भनिएको बैठक ९ बजे बसेको र सर्वदलीय बैठकको निर्णय अनुसार ११ बजे मतगणना शुरु गरिने पौडेलले बताए ।

Back to top