×

वीरगञ्ज, ३० बैशाख । नेकपा एमाले गठबन्धनको वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार बिजय कुमार सरावगीलाई स्थानीयले लखेटेका छन् । 

सरावगीलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवा प्रसौनी बुथमा मतदान गर्न गएका मतदाताले लखेटेका हुन् । 

बेलवा प्रसौनी बुथमा पुगेका सरावगीलाई स्थानीयले चोरको संज्ञा दिँदै लेखट्न थालेपछि सरावगी हतारीँदै आफ्नो गाडी चढेर भागेका छन् । स्थानियले लखेट्न थालेपछि सरावगिका सहयोगीले घेरा हालेर उनलाई गाडिसम्म पु-याएका थिए । 

यसअघि मेयरमा निर्वाचीत भए यता साढे ४ वर्षमा बेलवावासीको लागि केहि गर्न नसकेको र अहिले फेरी भोट माग्न आएपछि लखेटेको स्थानीयले बताएका छन् ।
 

Back to top