×

वीरगञ्ज, ३० बैशाख ।  वीरगञ्ज महानगरपालिकाको उपप्रमुखकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले मतदान गरेकी छिन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरस्थित आधारभुत विद्यालयका स्थापिन मतदान केन्द्रबाट मिश्राले मतदान गरेकी हुन् ।

स्वतन्त्र उम्मेदवार मिश्राले मतदान गरीसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सबैले आफुलाई नै मतदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । 

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की नेतृ रहेकी मिश्रालाई पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवार बनेकी हुन् । मुख्य दलहरुले महिला उम्मेदवार नबनाएको हुँदा र गत निर्वाचनमा पराजित भएर पनि निरन्तर जनताकै माझमा रहेको हुँदा पनि आफुले मत पाउनेमा मिश्रा विश्वस्त छिन् । 

आफुलाई धेरैजनाले फोन तथा म्यासेज गरेर पनि चुनाव चिन्हको बारेमा सोधेको र धेरै नगरबासीले चिन्ता व्यक्ति गरीरहेको हुँदा आफ्नो पक्षमा अत्यधिक मत आउने मिश्राले बताइन् । गाउँदेखि शहरसम्म पनि गुलाफको फुल चुनाव चिन्ह खोजी खोजी मतदान भइरहेको उनको भनाई छ । 
No description available.

Back to top