×

वीरगञ्ज, ३० बैशाख ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाको दलित बस्तीका मतदातालाई प्रभावित पार्न रकम बाँडीरहेको स्थानीयले आरोप लगाएका छन् ।

नेकपा एमालेको वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार बिजय कुमार सरावगीको लागि भोट माग्दै रकम बाँडेको नगवाका स्थानीयले बताएका हुन् । भिम चौरसिया नाम गरेका सरावगीका नजिकका व्यक्तिले रकम बाँडीरहेको स्थानीयको आरोप छ । 

यता निर्वाचन आयोगसँगै जिल्ला प्रशासन कार्यालयले पनि अनुमति पाएकाबाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाएपनि दुई वटा मोटरसाइकलमा घुमेर पैँसा बाँडीरहेको एकजना प्रत्यक्षदर्शीले नाम नबताउने शर्तमा बताए ।

ना. ५८ प ९३९९ नम्बरको एफ जेट मोटरसाइकल र अर्काे पल्सर मोटरसाइकलमा गएका युवकहरुले रकम बाँडीरहेको उनको भनाई छ । आज नगवामा पैँसा बाड्ने र केही दिन अघि एमालेको घरदैलोमा मेयरका उम्मेदवार सरावगी बिना हेल्मेट  लगाएर बसेको बेलामा पनि मोटरसाइकल चलाउने व्यक्ति एउटै हुन् । 
 

Back to top