×

वीरगञ्ज, ३० बैशाख ।  वीरगञ्ज महानगरपालिकामा गठबन्धनको बिजयी निश्चित भएको मेयरका उम्मेदवार राजेशमान सिंहले बताएका छन् । हरेक वडामा हामीले नै लिड गरीरहेको उनको जिकिर छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ को मतदान केन्द्रमा मतदान गरीसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ५ दलीय गठबन्धनका उम्मेदवार सिंहले मेयरमा जसपा, उपमेयरमा कांग्रेससँगै वडाहरुमा पनि जसपाले नै जित्ने दावी गरे । 

उनले भने, ‘वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा हाम्रो जित सुनिश्चित छ । ढुक्क भए हुन्छ ।’ 

जनता सचेत भइसकेको हुँदा कसैको दबाब र प्रलोभनमा नभएर इमान्दारीताका साथ सक्षम र योग्य व्यक्तिलाई नै मत दिइरहेको सिंहको भनाई छ । 
 

Back to top