×

 बारा ३० बैशाख । बाराको देवताल गाउँपालिका वडा नम्बर ७ मा मतदानका क्रममा झडप भएको छ ।

नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकर्ताबीच झडप भएको हो ।

बिहान मतदानका क्रममा लोसपाबाट वडा अध्यक्षका उम्मेदवार विकास सिंहले मतदान गर्न पुगेका एक जना ज्येष्ठ नागरिकको मतपत्र खोसेपछि विवाद भएको कांग्रेसका कार्यकर्ताले दाबी गरेका छन् ।

विवाद बढ्दै गएपछि झडप भएको प्रहरीले जनाएको छ । झडपमा दुवैतर्फका केही कार्यकर्ता घाइते भएका छन् । अहिले त्यहाँ मतदान स्थगित भएको छ ।

Back to top