कविता :
जनता हुन् कि नेता
आखिर दोषी को ?
भन्छन् हामीलाई के थाहा
आखिर दोषि को ?
घर घरमा सिँह दरबार आउँदा सम्म पनि
काम गर्ने स्वतन्त्रता पाउँदा सम्म पनि ।
न त जनताको दैनिकीमा परविर्तन आए
न त जनताले बिकासको आभाष गर्न पाए ।
एजेण्डा र भिजनका कुरा नभएको बेला
पूरानै प्रतिबद्धता पूरा नभएको बेला
फेरी उनै पूरानै अनुहार दोहोरी रहेका छन् ।
फेरी उनैका पुराना सरकार दोहोरी रहेका छन् ।
निर्वाचनको संघारमा आश्वासनका भाषण
५ दिन नमस्कार गरेर ५ वर्ष शासन ।
५० रुपैयाँ कर तिर्न ५ सय रुपैयाँ खर्च
अब त आश मरिसक्यो कसले बिकास गर्छ ?
एकछिन सोच्छु टाउकोमा हात राखेर
अनि स्मरण गर्छु आफ्नै विगतलाई
खुट्टा ढोग्दै एक हजार भेटी चढाएकै भरमा
भोट दिएकै परिणाम भोगिरहेकोे छु ।
५ वर्षको भोगाईले मन जलाएको छ अब
अलिकति उँज्यालो आउने आश पलाएको छ
गल्ती मेरोे पनि थियो तिम्रो पनि
अब सच्चिनु छ एकजुठ बनि
दिनु छैन कसैलाई प्रलोभनमा भोट
नत्र फेरी खानुपर्छ चोटै चोट ।
अब विगतमै लागेको घाउमा
नुन छर्नेलाई हैन
मलहम पट्टी गर्नैलाई छानौ
नाताबाद र कृपाबादलाई हैन
बिकासबाद र समाजवादलाई मानौ
पदका लागि बिचार बदल्नेहरूसँग होशियार
एकनासले सँधै नचल्नेहरूसँग होशियार ।
तब मात्र खुल्न सक्छ हाम्रो तेस्रो आँखा
अनि सबैले गाउनुपर्छ परिवर्तनका भाका ।
नदेखेर खोट, हेरी कालो कोट
यदि फेरी पनि हामीले बेच्यौ भने भोट
न आउँछ किरण, न त छाउँछ उँज्यालो
न त हुन्छ बिकास न आउँछ परिवर्तन ।
त्यसैले प्रण गरौ,
अलिकति भएपनि उँज्यालो ल्याउन
आजैबाट र आफैबाट शुरुवात गरौँ