×

बलिउडमा यतिबेला विवाह सिजन चलेको छ । केहीदिन पहिले अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरले लगानगाँठो सकेका थिए, भने हालै साउथ अभिनेत्री नयनतारा र विग्नेशको विवाहको समाचार बाहिर आएको थियो ।
यसैबीच दबंग अभिनेत्री सोनाक्षी सिन्हाको विवाहको खबरले पनि बलिउड चर्चा पाएको छ । सोनाक्षीले हालै सामाजिक संजालमा केही तस्बिर सार्वजनिक गरेकी छन् । जसमा सोनाक्षीको औँलामा औँठी देख्न सकिन्छ । धेरैले सोनाक्षीले इन्गेज्मेन्ट गरेको अनुमान गरेका छन् ।  तस्बिरमा उनी निकै खुसी देखिएकी छन् ।  

उनले कोसँग इन्गेजमेन्ट गरिन् त्यो बाहिर ल्याइएको छैन । तस्बिर शेयर गर्दै उनले लेखेकी छन् ‘मेरो लागि महत्वपूर्ण दिन । मेरो सबैभन्दा ठुलो सपना मध्य एक । जुन साँचो हुन गइरहेको छ । यो तपाईंलाई जानकारी गराउन पर्खिन सक्दिन । मलाई विश्वास नै भएको छैन । यो यति सजिलो छ भनेर ।’

तस्बिरमा सोनाक्षीले एक व्यक्तिको हात समाएकी छन् । उनले तस्बिर सार्वजनिक गरेलगतै फ्यानले बधाई दिइरहेका छन् । कतिले ति भाग्यमानी व्यक्ति को हो भनेर समेत प्रश्न गरेका छन् । केहीले इन्गेजमेन्ट गरेको हो र भन्दै प्रश्न राखेका छन् ।
सोनाक्षी ७०–८० दशकका चर्चित अभिनेता शत्रुध्न सिन्हाकी छोरी हुन् । सलमान खानको जोडीको रुपमा दबंगबाट फिल्म करियर सुरु गरेकी उनी लामो समयदेखि जहीर इकबालसँगको सम्बन्धका कारणले समेत चर्चामा छाउँदै आएकी छन् । दुबैले अहिलेसम्म सम्बन्धको बिषयमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

Back to top