×

वीरगञ्ज, २७ बैशाख ।  वीरगञ्जको माइस्थानमा अन्नपुर्ण स्वीट्स बेकरी सञ्चालनमा आएको छ । बेकरीको सोमवार एक कार्यक्रमका बिच वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले उद्घाटन गरेका हुन् । 

सुस्ताएको व्यवसायीक वातावरणलाई गति दिन बेकरीले सहयोग पुग्ने डा. गुप्ताको विश्वास छ । 

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बजारमा बढ्दै गएको मीठाईको मागलाई मध्यनजर गर्दै उद्यमको शुरुवात गरेको हुँदा यसबाट अरु पनि प्रेरित हुनुपर्ने बताए । 

अन्नपूर्णा स्वीट्सका संचालक महेन्द्र साह तेलीले ग्राहकहरुकै चाहना अनुसार सस्तो तथा सुविधा सम्पन्न स्वीट्स तथा बेकरी संचालनमा ल्याइएको बताए । सञ्चालक साहका अनुसार करिब ५० लाख रुपैयाको लगानीमा संचालन गरिएको स्वीट्स तथा बेकरी एसी सहितको केविन, सिगंल, डब्बल तथा फैमली टेवलहरुको समेत व्यवस्था रहेको छ ।  

ग्राहकहरुको चाहना अनुसार पुरा सुविधा सम्पन्न रहेको बेकरी स्वीट्समा सबै प्रकारका मिठाई, सकाहारी नास्ता, फास्टफुडको समेत व्यवस्था रहेको छ । 

उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत लगायतको उपस्थिती रहेको थियो । 

Back to top