×

साउदी अरबका राजा सलमान बिन अब्दुल अजिजको जेद्दाका राजा फैसल स्पेसलिस्ट अस्पतालमा कोलोनोस्कोपी गरिएको छ  । रिपोर्टमा सबै सामान्य देखिएको बताइएको छ ।

साउदीको सरकारी समाचार एजेन्सी एसपएिले आइतबार यसबारे जानकारी दिएको हो ।

कोलोनोस्कोपी ठूलो आन्द्रा (कोलन) र रेक्टम (मलाशय) मा समस्याको परीक्षण गर्नका लागि गरिने टेस्ट हो । यो टेस्ट कोलन क्यान्सरको परीक्षणका लागि गरिन्छ ।

यसअघि, मे ८ मा कोशाही कोर्टले बताए अनुसार किंग सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको छ ।

 

८६ वर्षीया किंग सलमानले सन् २०२० मा पित्तथैलीको शल्यक्रिया गराइएको थियो र यो वर्ष मार्चमा उनको मुटुमा राखिएको पेसमेकरको ब्याट्री फेरिएको थियो ।

Back to top