×

वीरगञ्ज, २५ बैशाख ।  पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जसपाबाट बशिष्ट कलवार र सहानी खातुनले उम्मेदवारी दिएका छन् । अध्यक्ष र उपाध्यक्षका उम्मेदवार क्रमश बशिष्ट र सहानीले प्रचारप्रसारलाई तिव्रता दिएका छन् । 

तर उनीहरुले प्रचार गरीरहेको चुनावी ब्यानरमा राखिएका व्यक्तिको तस्बिर भारतमा पनि प्रयोग भएको पाइएको छ । चुनावी ब्यानरमा अरमान खाँको तस्बिर राखिएको छ । जुन तस्बिर भारतको बिहार राज्यको रामनगरमा पनि देखिएको छ । 

No description available.

त्यही तस्बिर राखेर भारतको बिहार रामनगरको नगर परिषद्को उपसभापतिकी उम्मेदवार  खाँकी श्रीमती सायना खातुनको प्रचारमा पनि अरमानकै तस्बिर राखेर मत अपिल गरिएको र नेपालमा पनि सोही तस्बिरको प्रयोग भएपछि नागरिकमा आशंका उत्पन्न भएको हो । 

नेपालमा अरमानकी बहिनी र भारतमा अरमानकी श्रीमती चुनावमा उम्मेदवार बनेपछि नागरिकमा आशंका उब्जिएको हो । 

No description available.

Back to top