×

वीरगञ्ज २५ बैशाख । पर्सामा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने मधेश प्रदेश निर्वाचन कार्यालयले बताए । 

“स्थानीय तहहरूले मृत्यु भएकाहरूको नाम पठाएनन्”, उनले भने, “त्यसैले पनि मृत्यु भएकाको नाम पनि समावेश हुन सक्छ ।” पर्सामा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटाइएको र बाँकी अन्य कुनै मतदाताको नाम नहटाइएको उहाँको भनाइ छ ।

यहाँका स्थानीय तहहरुले विसं २०७४ यता १८ वर्षमाथिका कति जनाको मृत्यु भयो भनी तथ्याङ्क तयार पारेर निर्वाचन आयोगलाई नपठाउँदा मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको हुन सक्ने उनको भनाइ छ । 

“महानगरपालिकामा मतदाता नामावलीमा नाम भएका कति जनाको मृत्यु भयो भनेर त्यस्तो तथ्याङ्क अहिले निकालेका छैनौँ, निर्वाचन आयोगलाई पनि पठाएका छैनौँ”, वीरगञ्ज महानगरपालिकाका सूचना अधिकारीले भन्नुभयो ।

निर्वाचन आयोगमा दाबी–विरोध परेकाको तथ्याङ्क मात्रै पठाएको तर मृत्यु भएकाको नपठाएको वीरगञ्ज महानगरपालिकाका ९ का वडा अध्यक्ष मनोज कलवारले बताए ।  मृत्यु भएकाको यसरी नामावली कटाउने प्रणाली भए सजिलो हुने उनको भनाइ छ । 

Back to top